ऋण नदिने बैंकलाई कारबाही गरिने

Newslaya Home

ऋण नदिने बैंकलाई कारबाही गरिने

बिहीबार १२, मङि्सर २०७६

काठमाडौं । अर्थ मन्त्री डाक्टर युवराज खतिवडाले स्वरोजगार बन्नका लागि बैंकले ऋण नदिए आफूलाई खबर गर्न आग्रह गरेका छन् ।

सहुलियत कर्जाको माध्यमबाट युवा उद्यमशीलता र प्रवर्द्धनसँग सम्बन्धित विषयमा राष्ट्रिय युवा परिषद् र ३ वटा सरकारी बैंकहरुबीच सहकार्य गर्न काठमाडौंको एक होटलमा भएको कार्यक्रममा अर्थ मन्त्री खतिवडाले देशभित्रै काम गर्न खोज्ने युवाहरुलाई राज्यले संरक्षण र सहयोग गर्ने कानुनी व्यवस्था गरेको र त्यस्तो नियम नमान्ने बैंक तथा वित्तीय संस्थालाई कारबाही हुने चेतावनी दिए ।

सरकारले स्वरोजगार या उद्यम बन्न चाहने युवालाई ५ देखि ६ प्रतिशतसम्मको ब्याज अनुदानमा विभिन्न प्रकारका ऋणको व्यवस्था गरेको छ ।