आज रातीबाट शून्य समय सुरु हुँदै, धरान आएर गर्जिए प्रचण्ड

Newslaya Home

आज रातीबाट शून्य समय सुरु हुँदै, धरान आएर गर्जिए प्रचण्ड

बुधबार ११, मङि्सर २०७६

धरान । मंसिर १४ गते हुन लागेको उपनिर्वाचनको लागि बुधबार रातीदेखी शून्य समय सुरु हुदैछ ।

यो समयमा प्रचार प्रसारको कुनैपनि गतिविधी गर्न पाइदैन । प्रचार प्रसार र सभा तथा घरदैलोमा भोट माग्न नपाइने भए पनि दलहरु विभिन्न समुहलाई आफ्नो पक्षमा ल्याउन भित्र भित्रै गृहकार्य गर्ने समय हो यो ।

कतिपय समुदायमा पैसा र रात्री भोजको खेल समेत हुने गरेको छ ।

प्रचारको अन्तिम दिन बुधबार सुनसरीको धरानमा पनि नेकपाले अन्तिम बृहत सभा गरेको छ ।

सभालाई नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले सम्बोधन गरेका छन् । प्रचण्डले काग्रेस नेकपालाई फुटाउने खेलमा लागेको आरोप लगाएका छन् ।

दुई अध्यक्षबीच लडाइँ गराएर फाइदा लुटन् कांग्रेसले खोजे पनि नेकपाको एकतामा केही असर नपर्ने जिकिर उनले गरे । आलोपालो सरकार चलाउँदा अलिक द्विविधा हुने बताउँदै उनले सरकारले पूरा कार्यकाल काम गर्ने स्पष्ट पारे।

उनले अरुको विषयमा चिन्ता नलिन बरु आफ्नै विषयमा सोच्न काग्रेसलाई आग्रह गरे । उनले काग्रेस म्युजियममै सिमित हुने सम्भावना रहेको आरोप लगाए ।