इटहरीमा रहेको हिरा होटलमा आगलागी

Newslaya Home

इटहरीमा रहेको हिरा होटलमा आगलागी

बुधबार ११, मङि्सर २०७६

इटहरी । खाना पकाउने एलपी ग्यास लिक हुदा इटहरीको हिरा होटलमा आगलागी भएको छ ।

बुधबार साँझ स्थानीय सेवाग्राहिहरूले अर्डर गरेको खाना बनाउने क्रममा उक्त ग्यास लिक भइ पाइपबाट आगो सल्एिको हो । होटलका कर्मचारीहरू साथै इटहरी उपमहानगरको बारूणयन्त्रको प्रयोगमा आगलागी नियन्त्रणमा लिइएको छ ।

आगलागी पश्चात खाजा खान छिरेका स्थानीय सेवाग्राहिहरूको भागदौड मच्चिए पनि सामान्य मात्रामा क्षती भएको जनाइएको छ ।