दमक अस्पतालको प्रसुति सेवा प्रभावित बन्दै

Newslaya Home

दमक अस्पतालको प्रसुति सेवा प्रभावित बन्दै

बुधबार ११, मङि्सर २०७६

दमक । झापाको दमक स्थित रहेको दमक अस्पतालको प्रसुति सेवा प्रभावित बन्दै गएको छ ।

एक महिनादेखि महिला तथा स्त्री रोग बिशेषज्ञ डाक्टर सुरक्षा बाँस्कोटा बिदामा रहेकाले अस्पतालको सेवा प्रभावित बन्दै आएको हो ।

डाक्टर बाँस्कोटा आफैं गर्भवती भएपछि तिहार लगत्तै तीन महिनाको लामो विदामा रहेकाले अस्पतालमा अहिले प्रसुति सेवा प्रभावित बन्न पुगेको अस्पताल स्रोतले जनाएको छ ।

प्रसुतिका विरामीहरुको उपचार सेवा प्रभावित भएको बारेमा बुझ्न खोज्दा डाक्टर बाँस्कोटा बिदामा गए पनि अप्रेसन गर्नु पर्ने जटिल खालको बिरामी मात्रै रेफर गरिएको र सामान्य सुत्केरीलाई अस्पतालमै सेवा दिइरहेको अस्पतालका सूचना अधिकारी नगेन्द्र भट्टराईले बताए ।