अर्घाखाँचीमा भएको बस दुर्घटनामा ६ जनाको मृत्यु

Newslaya Home

अर्घाखाँचीमा भएको बस दुर्घटनामा ६ जनाको मृत्यु

बुधबार ११, मङि्सर २०७६

काठमाडौं । अर्घाखाँची जिल्लाको नरपानी स्थित बस दुर्घटना भएको छ ।

बुधबार सन्धीखर्कबाट बुटवल आउँदै गरेको लु २ ख २१४७ नम्बरको बस दुर्घटना हुँदा कम्तिमा ६ जनाको मृत्यु भएको जनाइएको छ ।

उक्त बस सडकबाट २ सय मिटर जति तल खसेका कारण उद्धार गर्न कठिनाइ भइरहेको प्रहरी चौकी नरेपानीका प्रहरी सहायक निरीक्षक सुर्य पन्थीले जानकारी दिए ।

दुर्घटनामा घाइते भएका १४/१५ जना यात्रुहरुको तत्काल उद्धार गरि जिल्ला अस्पताल सन्धीखर्क र बुटवल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।
घटनाको बारेमा विस्तृत विवरण आउन बाँकी रहेको बताइएको छ ।