उदयपुरमा गरिएको बम बिष्फोटको आरोपमा एक जना पक्राउ

Newslaya Home

उदयपुरमा गरिएको बम बिष्फोटको आरोपमा एक जना पक्राउ

बुधबार ११, मङि्सर २०७६

उदयपुर । उदयपुरको जलजलेस्थित गरिएको बम बिष्फोटमा संलग्न रहेको आरोपमा एक जनालाई पक्राउ गरिएको छ ।

मंगलबार दिउँसो त्रियुगा नगरपालिका–१० घर भएका ३६ वर्षीय सिद्धान्त राईलाई प्रहरीले पक्राउ गरेको हो ।
गत भदौ ३ गते राति त्रियुगा नगरपालिका–६ जलजलेस्थित खानेपानी तथा सरसफाई उपभोक्ता समितिको कार्यालयमा सिलिण्डर बम बिष्फोट गराइएको थियो ।
उक्त घटनामा उनको संलग्नता रहेको प्रहरीले जनाएको छ ।