धनकुटाको छथरजोरपाटीमा विपद प्रतिकार्य तालिम

Newslaya Home

धनकुटाको छथरजोरपाटीमा विपद प्रतिकार्य तालिम

बुधबार ११, मङि्सर २०७६

धनकुटा । धनकुटाको छथरजोरपाटी गाउँपालिकामा सामुदायिक विपद प्रतिकार्य सम्बन्धी तालिम प्रदान गरिएको छ ।

छथरजोपाटी गाउँपालिकाद्धारा आयोजित विपद प्रतिकार्य सम्बन्धी तालिम ४० जनाको सहभागितामा तीन दिन सम्म सञ्चालन गरिएको हो ।

वरखगण सल्लेरी व्यारेक धनकुटाको संयोजनमा रहेको तालिममा सहभागीहरुलाई आगलागी नियन्त्रण जस्तैः ग्यास सिलिण्डरबाट आगलागी भएको खण्डमा ग्यास चुला सम्म ग्यास जान जोडिएको पाईप भाँचेर वा बाल्टी, टावेल लगायतका कपडाले छोपेर नियन्त्रण गर्न सकिने, प्राकृतकि विपत्तिको समयमा अपनाउनु पर्ने उपायाहरु, अभ्यासगत रुपमा प्रशिक्षण गरिएको गाउँपालिकाका स्वास्थ्यशाखा प्रमुख तथा विपद प्रतिकार्य सम्पर्क व्यक्ति सुन्दरमान डङ्गोलले जानकारी दिए ।

तालिममा गाउँपालिकाका प्रत्येक वडावाट विपद प्रतिकार्यमा खट्न सक्ने एक–एक जना महिला सहित चार–चार जना युवा, प्रत्येक रेडक्रस शोसाईटी उपशाखाबाट दुई–दुई जना, दलित संघबाट दुई जना, आदीवासीजनजाती महासंघबाट दुई जना, सामुदायिक वन उपभोक्ता महासंघबाट दुई जना, शिक्षक दुईजना गरी जम्मा ४० जनाको सहभागीता रहेको थियो ।

तालिमका सहभागीहरुलाई गाउँपालिका प्रमुख शेर वहादुर लिम्वुको अध्यक्षता तथा वरख गण सल्लेरीका प्रमुख सेनानी भगवान थापा मगरबाट प्रमाण–पत्र वितरण गरिएको थियो ।