महिलाको स्तन काटेको आरोपमा एक जना पक्राउ

Newslaya Home

महिलाको स्तन काटेको आरोपमा एक जना पक्राउ

बुधबार ११, मङि्सर २०७६

भोजपुर । भोजपुरको सेमेङ घटनामा महिलाको दुवै स्तन काटेको आरोपमा एक जनालाई पक्राउ गरिएको छ ।

गत बुधबार नकावधारीको समूहले खकुवाखोलामा लुगाधुन गएकी सुब्बा तमाङको अन्दाजी ३३ वर्षीया श्रीमती वीणा तामाङको स्तन काटेर फरार रहेका थिए । सोही घटनामा संलग्न रहेको आरोपमा षडानन्द नगरपालिका–८ सेमेङका स्थानीय ३४ वर्षीय गोविन्द राईलाई पक्राउ गरिएको हो ।

पक्राउ पछि प्रहरी कार्यालय भोजपुर लगिएको आरोपित राईमाथि अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी पाण्डव राजवंशीले जानकारी दिए ।

वीणाको धरान स्थित विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भईरहेको छ । आफु खाना खाएपछि खोलामा लुगा धुन गएको समयमा दुई जना नकावधारीहरुले बलात्कारको प्रयास गरेको र प्रतिकार गर्न खोज्दा विलेटले आफ्नो स्तन काटिदिए पछि उनिहरु खोलाको बाटो हुदैं माथीतिर गएको उनले बताएकी थिईन ।