तेह्रथुममा पुरुष फुटबल प्रतियोगिता मंसिर २६ मा हुने

Newslaya Home

तेह्रथुममा पुरुष फुटबल प्रतियोगिता मंसिर २६ मा हुने

बुधबार ११, मङि्सर २०७६

तेह्रथुम । तेह्रथुमको छथर गाउँपालिका–४ फाक्चामारामा दोबाटे स्थित पुरुष फुटबल प्रतियोगिताको आयोजना गरिने भएको छ ।

धार्मिक तथा पर्यटकिय स्थल थाक्चोलुङ तोपामाङहिममा ऐतिहाँसिक सत्यहाङमा मेला तथा चासोक तङनामको अबसरमा खुल्ला पुरुष फुटबल प्रतियोगिता हुने भएको हो ।

यही मंसिर २६ गतेदेखी सुरु हुने प्रतियोगितामा पूर्वका विभिन्न जिल्लाहरुको सहभागिता रहने आयोजकले जनाएको छ ।
प्रतियोगितामा विजेतालाई नगद ५० हजार साथै रामबहादुर थोक्लेन तिनबर्षे रनिङ कप मेडल र प्रमाणपत्र प्रदान गरिने छ भने उपविजेतालाई नगद ३० हजार, प्रमाणपत्र र मेडल प्रदान गरिने भएको मेला कमिटीका अध्यक्ष देबिन्द्र लिम्बुले जानकारी दिए ।