झापामा हात्तीले कल्चिएर एक युवक घाइते

Newslaya Home

झापामा हात्तीले कल्चिएर एक युवक घाइते

बुधबार ११, मङि्सर २०७६

झापा । झापाको मेचीनगर स्थित जङ्गली हात्तीको आक्रमणमा परी एक जना गम्भीर घाइते भएको छ ।

मंगलबार साँझ चारआलीबाट घर जाने क्रममा हात्तीले आक्रमण गर्दा मेचीनगर–१२ कालिझोडा घर भएका १९ वर्षीय सुशील गजमेर गम्भीर घाइते भएका हुन् ।

हात्तीले कुल्चिदा छातीमा चोट लागेका गजमेरलाई उपचारको लागि मनकामना हस्पिटल चारआली पठाइएको प्रहरी कार्यालय झापाका डिएसपी महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।