अतिक्रमित सीमा क्षेत्रमा राष्ट्रिय झण्डा फहराउँदै झापाका युवाहरु

Newslaya Home

अतिक्रमित सीमा क्षेत्रमा राष्ट्रिय झण्डा फहराउँदै झापाका युवाहरु

बुधबार ११, मङि्सर २०७६

झापा । भारतले जारी गरेको नयाँ नक्सामा नेपालको कालापानी, लिम्पियाधुरा र लिपुलेक अतिक्रमण गरिएपछि चौतर्फी विरोध गरिएको छ ।

सोमबार दिउँसो झापाका स्थानीय युवाहरुले भारतद्वारा मेचीको अतिक्रमित सीमा क्षेत्रमा पुगरे राष्ट्रिय झण्डा फहराएका छन् ।

दमक र गोलधापलगायत स्थानबाट गएको स्थानीय युवाहरुको टोलीले राष्ट्रिय झण्डा फहराएका हुन् ।

सरकारले भने सीमा विवादको विषयमा कुटनीतिक रुपमा समस्याको समाधान गर्ने प्रतिवद्धता व्यक्त गर्दै पत्र पठाएको जनाएको छ ।