नक्कली हस्ताक्षर गरी बैंकबाट साढे १९ लाख चोरी, ६ जना पक्राउ

Newslaya Home

नक्कली हस्ताक्षर गरी बैंकबाट साढे १९ लाख चोरी, ६ जना पक्राउ

बुधबार ११, मङि्सर २०७६

काठमाडौं । राजधानीका विभिन्न बैंकबाट करिब २० लाख रुपैयाँ चोरी भएको छ । नेपाल राष्ट्र बैंकको सूचनाका आधारमा काठमाडौं प्रहरी परिसर, टेकुले गरेको अनुसन्धानले लाखौं रुपैयाँ चोरी भएको पुष्टि भएको हो ।

चोरीमा संलग्न भएको आरोपमा ६ जनालाई पक्राउ गरिएको काठमाडौं प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा काभ्रेको पाँचखाल नगरपालिका–३ का १९ वर्षीय सुभाष श्रेष्ठ, १९ वर्षकै कुमार तामाङ, १८ वर्षीय मनिष घिमिरे, २१ वर्षीय अन्जन बराल, बागलुङगलकोट–३ का २५ वर्षीय सुमन पौडेल र सिन्धुपाल्चोकका ३० वर्षीय गोविन्द घिमिरे रहेका छन् ।

पक्राउ परेकाहरु सबै विद्यार्थी हुन् । उनीहरु मध्ये गोविन्द र अन्जन प्रमुख योजनाकार भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । चोरी गर्न प्रयोग भएको शैली हेर्दा बैंकका कर्मचारीको सहयोगविना सम्भव नदेखिने अनुसन्धानमा संलग्न अधिकृतहरुको भनाइ छ ।