मोरङबाट एकैदिन ४६ जना फरार प्रतिवादी पक्राउ

Newslaya Home

मोरङबाट एकैदिन ४६ जना फरार प्रतिवादी पक्राउ

बुधबार ११, मङि्सर २०७६

विराटनगर । मोरङ प्रहरीले अदालतले दोषी ठहर गरेका तर लामो समयदेखि फरार रहेका ४६ जना प्रतिवादीलाई एकै दिन पक्राउ गरेको छ । मोरङबाट एकै दिनमा यति धेरै फरार प्रतिवादी पक्राउ परेको प्रहरीको यो नै पहिलो रेकर्ड हो । विभिन्न ठाउँमा लुकिछिपी फरार प्रतिवादी बसिरहेको सूचनाका आधारमा मोरङ प्रहरीले विशेष टोली परिचालन गरेको थियो ।

पक्राउ पर्नेलाई अदालतबाट दुई सय रुपैयाँ जरिवानादेखि एक दिन कैद सजाय तोकिएको छ। सोमबार एकै दिन पक्राउ परेका ४६ जनालाई नै मंगलबार प्रहरीले जिल्ला अदालत मोरङमा बुझाएको छ ।

पक्राउ पर्नेमा चोरी, लागुऔषध, अंश चलन, सार्वजनिक अपराध, जुवा तथा लुटपाटलगायतका अपराधमा अदालतले दोषी ठहर गर्दै कैद तथा जरिवानाको फैसला सुनाएका प्रतिवादी छन् ।

यति धेरै संख्यामा प्रतिवादी पक्राउ गर्दा ६५ हजार रुपैयाँ जरिवाना र एक महिना कैद सजाय असुल भएको प्रहरीले जनाएको छ ।