आँखाको शल्यक्रियाका कारण सन्दीपले साग खेल्न नपाउने

Newslaya Home

आँखाको शल्यक्रियाका कारण सन्दीपले साग खेल्न नपाउने

बुधबार ११, मङि्सर २०७६

काठमाडौं । आँखाको शल्यक्रियाका कारण नेपाली राष्ट्रिय टोलीका स्पिनर सन्दीप लामिछानेले घरेलु मैदानमा अर्को साताबाट सुरु हुने १३औं दक्षिण एसियाली खेलकुद साग खेल्न नपाउने भएका छन् ।

राष्ट्रिय टोलीका म्यानेजर रमन शिवाकोटीका अनुसार सोमबार सन्दीपको आँखाको शल्यक्रिया गरिएको र दुई साता आराम गर्नुपर्ने भएकाले उनी साग टोलीबाट बाहिरिएका हुन् ।

सन्दीप टोलीबाट बाहिरिएपछि वैकल्पिक खेलाडीका रूपमा रहेका रोहितकुमार पौडेललाई टोलीमा बोलाइएको छ ।

सागअन्तर्गत पुरुष क्रिकेटका खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा हुने छ ।