इराकमा बम विष्फोट हुँदा ६ जनाको मृत्यु

Newslaya Home

इराकमा बम विष्फोट हुँदा ६ जनाको मृत्यु

बुधबार ११, मङि्सर २०७६

इराक । राजधानी बगदादका तीन छुट्टाछुट्टै स्थानमा भएको बिस्फोटमा परेर ६ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् ।

उत्तरी बगदादमा मोटरसाइकलमा बिस्फोट हुँदा तीन जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । बिस्फोटमा ६ जना घाइते भएका थिए ।

त्यसैगरी दक्षिणपश्चिम बया जिल्लामा दोस्रो मोटरसाइकल बिस्फोटमा दुई जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।

यस्तै पूर्वी बलदियात जिल्लामा भएको बिस्फोटमा एक जनाको मृत्यु हुनुका साथै चार जना घाइते भएको बताइएको छ ।

गत अक्टुबरदेखि नै इराकमा भइरहेको सरकार विरोधी आन्दोलनका क्रममा हिंसाका घटनाहरु भइरहेका छन् । पछिल्लो समय बढ्दै गएका हिंसाका कारण तीन सय भन्दा बढीको मृत्यु भइसकेको छ ।