भारतमा शल्यक्रिया गरेर झिकियो झण्डै साढे सात किलोको मिर्गौला

Newslaya Home

भारतमा शल्यक्रिया गरेर झिकियो झण्डै साढे सात किलोको मिर्गौला

बुधबार ११, मङि्सर २०७६

बिबिसि । भारतीय चिकित्सकहरूले एकजना बिरामीको शरीरबाट ७.४ किलोग्राम बराबरको एउटा मिर्गौला निकालेका छन् ।

त्यो भनेको दुईजना स्वस्थ नवजात शिशुको तौल बराबर हो । भारतमा बिरामीको शरीरबाट निकालिएको यो अहिलेसम्मकै सबैभन्दा ठूलो मिर्गौला भएको ठानिएको छ ।

सामान्यतया एउटा स्वस्थ मानिसको मिर्गौलाको तौल १२० देखि १५० ग्राम जति हुन्छ ।

ती बिरामी ‘अटोसमल डोमिनेन्ट पोलिसिस्टिक किड्नी डिजीज’ भनिने रोगबाट पीडित थिए जुन रोगका कारण शरीरभरि ‘सिस्ट’ उत्पन्न हुने गर्छ । शल्यक्रियामा संलग्न एक जना चिकित्सकका अनुसार यो रोग लागेका बिरामीहरूको मिर्गौला ठूलो हुनु सामान्यजस्तै हो ।