अल्बानियामा भूकम्पमा परि मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो

Newslaya Home

अल्बानियामा भूकम्पमा परि मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो

मङ्गलबार १०, मङि्सर २०७६

तिराना । अल्बानियामा मङ्गलबार गएको ६ दशमलव ४ म्याग्निच्युडको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या १३ पुगेको छ । अल्बानियाको रक्षा मन्त्रालयका अनुसार १३ जनाको मृत्यु भएको हो ।

पछिल्ला केही दशकमा बाल्कन राज्यहरूमा भूकम्पका कारण यति ठूलो क्षति नभएको स्थानीयवासीले बताएका छन् ।

भूकम्पका कारण करिब ५०० व्यक्ति घाइते भएका र ठूलो सङ्ख्यामा घरहरू भत्किएका वा चर्किएका बताइएको छ ।

घटनाबाट भएको क्षतिको विस्तृत विवरण अझै आउन बाँकी छ ।

अल्बानियामा ६.४ रेक्टरस्केलको भूकम्प, छ जनाको मृत्यु