अल्बानियामा ६.४ रेक्टरस्केलको भूकम्प, छ जनाको मृत्यु

Newslaya Home

अल्बानियामा ६.४ रेक्टरस्केलको भूकम्प, छ जनाको मृत्यु

मङ्गलबार १०, मङि्सर २०७६

एजेन्सी । यूरोपेली मूलुक अल्बानियामा आएको शक्तिशाली भूकम्पमा परि छ जनाको मृत्यु भएको छ ।

मंगलबार बिहान अल्बानियाको राजधानी तिराना नजिकै केन्द्रविन्दु बनाई ६.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको अमेरिकी भूकम्प मापन केन्द्रले जनाएको हो ।

भूकम्पले घरहरु भत्काउँदा ६ जनाको मृत्यु भएको छ भने ३ सय २० जना घाइते भएको सीएनएनले जनाएको हो ।
अमेरिकी भूगर्भीय सर्वेक्षण केन्द्रका अनुसार भूकम्प २० किलोमिटरको गहिराइमा गएको हुनाले फेरि पपराकम्पन आउन सक्ने जनाउँदै सुरक्षित रहन आग्रह गरिएको छ ।