एक महिलाले जन्माइन् दुई वटा टाउको भएको शिशु

Newslaya Home

एक महिलाले जन्माइन् दुई वटा टाउको भएको शिशु

सोमबार ०९, मङि्सर २०७६

काठमाडौं । भारतको मध्यप्रदेशमा एक महिलाले दुईवटा टाउको भएको शिशुलाई जन्म दिएकी छिन् । उनले दुईवटा टाउको, ३ वटा हात र ४ वटा पञ्जा भएको शिशु जन्माएको भारतीय संचारमाध्यमहरुले जनाएका छन् ।

मध्यप्रदेशको विदिशा जिल्लाको गञ्ज बसौदा निवासी २१ वर्षीया बबिता अहिरवारले यस्तो शिशु जन्माएपछि चिकित्सकहरु अचम्ममा परेका छन् । शिशुको दुईवटा टाउकोको काँधदेखि नै जोडीएको छ भने तेस्रो हात दुईवटै टाउकोको बिचबाट निस्किएको समाचारमा उल्लेख छ ।

गत शनिबार अस्पताल पुर्‍याइएकी बबिताले पहिलो सन्तानका रुपमा दुई टाउके शिशुलाई जन्म दिएकी हुन् । तर शिशुको मुटु भने एउटै छ । चिकित्सकहरुले ती महिलालाई गर्भ बसेको ३५ औं हप्तामै सोनोग्राफी गर्दा जुम्ल्याह बच्चा भएको बताएका थिए । कन्जोइन्ड नामको यो रोग सामान्यतः महिलाको गर्भमा भ्रुण सही ढंगले विकसित नहुँदा हुने यो अवस्था एक लाखमा एक गर्भवतीमा देखिने चिकित्सकहरु बताउँछन् ।

अहिले शिशुसँगै उनकी आमा स्वस्थ रहेको जनाइएको छ । यद्यपि यस्तो अवस्था लिएर जन्मिएका बच्चा जीवित रहने अवस्था निक्कै कम हुने चिकित्सकहरुले बताएका छन् ।