धरान स्थित निर्वाचन विरोधी नौ जना पक्राउ

Newslaya Home

धरान स्थित निर्वाचन विरोधी नौ जना पक्राउ

सोमबार ०९, मङि्सर २०७६

धरान । सुनसरीको धरान स्थित उपनिर्वाचनको विरोधमा पर्चा पमप्लेट बाँड्दै हिँड्ने नौ जनाको समूहलाई पक्राउ गरिएको छ ।

आगामी मंसिर १४ गते हुने उपनिर्वाचनको विरोधमा धरानको छाता चोकमा भेला भई उपनिर्वाचन बहिष्कारको योजना बनाई सर्वसाधारणलाई आत्तंकित पार्न सक्रिय रहेको अभियोगमा ९ जनाको समूहलाई धरान प्रहरीले पक्राउ गरेको हो ।

धरानको उपनिर्वाचन बहिष्कार गरौं भन्दै विरोधमा उत्रिएका सिपि गजुरेल अध्यक्ष रहेको देशभक्त जनगणतान्त्रिक मोर्चाका केन्द्रीय सदस्य उदयपुरका टिकाराम राई, धरानका पारक लिम्बू, मोहन लिम्बू, प्रदेश सदस्य पदम तामाङ, गौरव राई, झापाका जय आचार्य, धरानका पारस लिम्बू, रामबहादुर पौडेल र इटहरीका सन्तोष ठाकुरलाई पक्राउ गरिएको सुनसरीका प्रहरी प्रमुख एसपी यज्ञविनोद पोखरेलले बताए ।


सोमबार पक्राउ परेका उनीहरुलाई अभद्र व्यवहार ऐनअन्तर्गत मुद्धा दर्ता गरी कारवाही अगाडी बढाइएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डिराज न्यौपानेले जानकारी दिए ।
यतिबेला धरानमा उपनिर्वाचन विरोधि समूहको सक्रियता बढेपछि धरानका २० वटै वडामा प्रहरीको टोली परिचालन गरिएको छ ।