फेसबुक, ट्वीटरलाई टक्कर दिने नयाँ सोसल मिडिया डब्लूटीसी आउँदै

Newslaya Home

फेसबुक, ट्वीटरलाई टक्कर दिने नयाँ सोसल मिडिया डब्लूटीसी आउँदै

सोमबार ०९, मङि्सर २०७६

काठमाण्डौ । फेसबुक तथा ट्वीटरलाई टक्कर दिने नयाँ सोसल मिडिया साइट डब्लूटीसी छिट्टै आउने भएको छ । यसको मोडल फेसबुक तथा ट्वीटरभन्दा फरक छैन ।

यो साइटमा साइन अप निःशुल्क हुनेछ । तर, यसका लागि वेटलिस्टमा बसेर कुर्नुपर्नेछ, डोनेट गर्नुपर्नेछ वा साथीलाई इनभाइट गर्नुपर्नेछ। यसमा महिनाभरको अवधिमा ५० हजार मानिस आबद्ध भइसकेका छन्।

यसलाई विकिपिडियाका सह संस्थापक जिम्मी वेल्सले डब्लूटीसी सोशलको नामबाट सोशल मिडिया साइट लन्च गरेका हुन् । यो सोसल मिडिया साइटल फेसबुक र ट्वीटर जस्ता साइटले बेवास्ता गरेका कमजोरीहररूलाई हटाउने वेल्सले तताएका छन् ।