केन्यामा पहिरो, सात बालबालिकासहित २९ जनाको मृत्यु

Newslaya Home

केन्यामा पहिरो, सात बालबालिकासहित २९ जनाको मृत्यु

आइतबार ०८, मङि्सर २०७६

काठमाडौं । केन्यामा भारी वर्षासँगै आएको पहिरोका कारण सात जना बालबालिकासहित २९ जनाको मृत्यु भएको छ ।

केन्याको वेस्ट पोकोट काउन्टी शहरमा पहिरोले ठूलो क्षति पुर्‍याएको छ । त्यसैगरी केन्याको न्यूर्कुलियन र पारुआ गाउँका अधिकांश घरहरु पहिरोले बगाएको छ ।

पहिराले ती गाउँ आवातजावत गर्ने सडक र पुलमा क्षति पुगेको जनाइएको छ ।

यसैबीच केन्याका राष्ट्रपति उहुरु केन्याट्टले पहिरोमा परि मृत्यु हुनेहरुको परिवारप्रति समवेदना प्रकट गर्नुका साथै उद्धार र राहत वितरण कार्यमा कुनै कमी हुन नदिन प्रतिवद्धता जनाएका छन् ।

यता गृहमन्त्री फ्रेड मट्याले उद्धारकार्यहरु भइरहेपनि भारी वर्षका कारण समस्या भएको बताए ।