भारतको राजस्थानमा बस दुर्घटना हुँदा १२ जनाको मृत्यु

Newslaya Home

भारतको राजस्थानमा बस दुर्घटना हुँदा १२ जनाको मृत्यु

शनिबार ०७, मङि्सर २०७६

एजेन्सी । भारतको पश्चिम राज्य राजस्थानमा भएको बस दुर्घटनामा कम्तीमा १२ जनाको मृत्यु भएको छ ।

शनिबार बिहान महाराष्ट्रको लातूर जिल्लाबाट उत्तरी राज्य हरियाणाको हिसारतर्फ गईरहेको बस दुर्घटना हुँदा एक बालक र पाँच महिलासहित १२ जनाको मृत्यु भएको हो ।

बसचालकले गाडीको नियन्त्रण गुमाएपछि भएको उक्त दुर्घटनामा अन्य १० जना घाइते भएको स्थानीय प्रहरी स्रोतले जनाएको छ ।
चार घाइतेलाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ भने छ जना गम्भीर घाइतेलाई राजधानी जयपुरको सुपर स्पेशलिटी अस्पताल लगिएको जनाइएको छ ।