गाई चोरेको आशंकामा दुई जनाको हत्या, १४ जना पक्राउ

Newslaya Home

गाई चोरेको आशंकामा दुई जनाको हत्या, १४ जना पक्राउ

शनिबार ०७, मङि्सर २०७६

काठमाडौं । भारतको पश्चिम बंगालमा गाई चोरेको आशंकामा दुई जनालाई कुटेर हत्या गरिएको छ ।

कुचबिहार जिल्लास्थित पुटमारी फुलेश्वरी गाउँ पंचायतमा भएको घटनामा ३२ वर्षिय प्रकास दास र ४० वर्षीय रबिउल इस्लामको हत्या गरिएको बताइएको छ ।

प्रहरीले घटनामा संलग्न आरोपमा १४ जनालाई पक्राउ गरेको छ । स्थानीय प्रहरीका अनुसार माथाभांगाका दास र इस्लामले बिहीबार पिकअप भ्यानमा दुई वटा गाई लिएर गईरहेका थिए । स्थानीयले गाई लगिरहेको भन्दा बाटो अवरुद्ध गरि दुवैलाई कुटपिट गर्नुका साथै भ्यानमा आगो लगाएका थिए ।

कुटपीटबाट गम्भिर घाईते दुर्वलाई प्रहरीले उद्धार गरि कुचबिहार मेडिकल कलेज पुर्याइए लगत्तै उनीहरुको मृत्यु भएको हो । प्रहरीले घटनाको अनुशन्धान थालेको छ ।

घटनापछि माथाभांगा गाउँका सबै पुरुष फरार छन् ।