बङ्गलादेशमा बस दुर्घटना, कम्तीमा १० जनाको मृत्यु

Newslaya Home

बङ्गलादेशमा बस दुर्घटना, कम्तीमा १० जनाको मृत्यु

शुक्रबार ०६, मङि्सर २०७६

एजेन्सी । बङ्गलादेशको मुन्सिगञ्ज जिल्लामा बस दुर्घटना हुँदा १० जना यात्रुको ज्यान गएको छ ।

शुक्रबार राजधानी ढाकाबाट २७ किलोमिटर टाढा मुन्सिगञ्ज जिल्लामा माइक्रोबस र विपरित दिशाबाट आएको अर्को बस एकआपसमा ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा परि माइक्रोबसमा सवार १० जनाको मृत्यु भएको वरिष्ठ प्रहरी अधिकृतले जनाएको छ । घटनाबारे प्रहरीले अनुसन्धान सुरू गरेकोले थप विवरण प्रहरी अनुसन्धानपछि आउने बताइएको छ ।