पालिखेकालागि बिश्व प्रकाश बन्धकी बस्ने

Newslaya Home

पालिखेकालागि बिश्व प्रकाश बन्धकी बस्ने

शुक्रबार ०६, मङि्सर २०७६

धरान । रिक्त रहेको धरान उप–महानगरपालिका वडा नं ७ को अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार सुवर्ण मोहन पालीखेलाई बिजयी गराउन वडाबासीहरुलाई नेपाली कांग्रेसका प्रवक्ता विश्व प्रकाश शर्माले आग्रह गरेका छन ।

उनले पालीखे इमान्दार, सरल र स्वच्छ छविका स्थानिय नेता भएको र कांगेसका जुझारु नेता भएकाले भोट दिनुस भन्दै विजयी गराउन अपिल गरेका हुन् । ”निर्वाचित भएर जनताको चाहाना अनुरुप उनले बिकास निर्माणको काम गर्ने छन गलत काम गर्ने छैनन् तपाईंहरुले वडामा पलीखेलाई र नगरमा तिलक राईलाई भोट दिनुस उनिहरुको बन्धकी म बस्न तयार छु“ उनले भने ।

१४ गते हुने उपनिर्वाचन लक्षित गरि नेपाली कांग्रेसले आयोजना गरेको कोण सभामा बिहिबार सांझ बोल्दै विश्व प्रकासले नेकपा सरकारको कार्यकाल भर बुद्धभत्ता बढेको भनेर भोट लिई रहने पाटीलाई भन्दा गाँस, बास, कपास , भौतिक निर्माण, स्वास्थ्य , रोजगार जस्ता पक्षमा काम गरेका कांग्रेसका कार्यर्यतालाई वडा र नगरमा बिजयी गराउन आव्हान समेत गरे ।

वडा नं ७ को पानवारी बस स्टेनमा आयोजना भएको कोण सभामा वडा नं ७ का उम्मेदवार पलीखेले वडाबासीको उत्साह र लहरले आफ्नो जित सुनिश्चित समेत भएको दाबि गरे । वडाबासीको अमूल्य मतलाई खेर नजाने गरि काम गर्ने योजना रहेको बताउदै एक पटक मौका दिन वडाबासीलाई आग्रह गरे ।