थाइल्याण्डमा शक्तिशाली भूकम्प

Newslaya Home

थाइल्याण्डमा शक्तिशाली भूकम्प

शुक्रबार ०६, मङि्सर २०७६

थाइल्याण्ड । थाइल्याण्ड र लाओसको सीमा क्षेत्रमा बिहीबार बिहान ६.४ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ ।

भूकम्पका कारण त्यस क्षेत्रका बासिन्दा त्रसित भएका अधिकारीहरुले जानकारी दिएका छन् । भूकम्पपछि सानाठूला गरी एक सय भन्दा बढी पटक परकम्प गएको थाइल्याण्डको मौसम विज्ञान विभागले जनाएको छ ।

स्थानीय समयानुसार नोभेम्बर २० तारिखको राती ११ बजेसम्ममा एक सय पटकसम्म पराकम्पन भएको बताइएको हो । महानिर्देशक सोम्साकले ६.४ म्याग्नीच्युडको सवै भन्दा ठूलो भूकम्प स्थानीय समयानुसार बिहीबार विहान ६ः५० बजे गएको जानकारी दिए ।

भूकम्पका कारण विद्यालयहरु बन्द गरिएको छ ।