सित्तैमा ग्यास पाउने लोभमा पुरुषहरूले बिकिनी लगाएपछि......

Newslaya Home

सित्तैमा ग्यास पाउने लोभमा पुरुषहरूले बिकिनी लगाएपछि......

शुक्रबार ०६, मङि्सर २०७६

सित्तैमा पाएपछि मान्छेले अलकत्रासमेत खान बाँकी राख्दैन भन्ने उखान सबैलाई थाहानै होला । हुन पनि कुनै कुरा सित्तैमा पाउने भएपछि हाम्रोमा मान्छेहरूबीच तछाडमछाड हुन्छ । सित्तैमा केही बाँडिरहेको ठाउँमा तत्कालै ठूलै भीड जम्मा भइहाल्छ ।

हामीकहाँ मात्र होइन, दुनियाँकै ठूलो देश रुसमा समेत मानिसहरू सित्तैमा पाएपछि जुनसुकै हद पार गर्न तयार हुँदा रहेछन् ।

रुसको एउटा पेट्रोल पम्पमा सित्तैमा प्राकृतिक ग्यास इन्धन हात पार्नका लागि पुरुषहरू बिकिनी लगाएरै लाइनमा बसेका छन् ।

रुसको समारास्थित ओल्वी ग्यास स्टेसनले आफ्नो प्रचार–प्रसारका लागि यस्तो अफर घोषणा गरेको थियो । जसअनुसार बिकिनी लगाएर आउनेलाई सित्तैमा सीएनजी उपलब्ध गराउने बताएको थियो । जुन अफर दिनमा केवल ३ घण्टाका लागि मात्र थियो ।

ग्यास स्टेसनले अफर त घोषणा गर्यो तर त्यो अफर पुरुष वा महिला कसका लागि हो भन्ने खुलाएन । जसको फाइदा पुरुषहरूले उठाउन सफल भए । ठूलो संख्यामा पुरुषहरु बिकिनी लगाएर ग्यास स्टेसनमा ग्यास लिन पुगे ।

बिकिनी लगाएर सित्तैको ग्यास लिन पुगेका पुरुषहरु त्यहाँका मानिसहरूको आकर्षणको केन्द्र नै बनेका थिए । पुरुषहरुले बिकिनी मात्र नभई हाई हिल समेत लगाएका थिए ।