मोरङमा रुखबाट लडेर एक व्यक्तिको मृत्यु

Newslaya Home

मोरङमा रुखबाट लडेर एक व्यक्तिको मृत्यु

शुक्रबार ०६, मङि्सर २०७६

मोरङ । मोरङमा रुखबाट लडेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोरङको रतुवामाई नगरपालिका–५ आनन्द चोकका ५५ वर्षीय बालबोध राय रहेका छन् ।

खेतमा रहेको सफेदको रुखमा चढेर रुखको हाँगा झार्ने क्रममा बुधबार अचानक लड्दा उनको टाउको फुटेर मृत्यु भएको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरी टोलीले आवश्यक कानूनी प्रकृया पूरा गरी रायको शव पोष्टमार्टमको लागि कोशी अञ्चल अस्पताल विराटनगरमा पठाएको थियो ।