रिसलाई कसरी नियन्त्रणमा लिने ?

Newslaya Home

रिसलाई कसरी नियन्त्रणमा लिने ?

शुक्रबार ०६, मङि्सर २०७६

रिस एक प्रकारको भावनात्मक संवेग हो । सामान्यदेखि शक्तिशाली अवस्थासम्म पुग्न पनि रिसले उर्जाको सामथ्र्य राख्छ । रिस सधैँ नकरात्मक मात्र हुन्छ भन्ने छैन । रिसकै कारण कतिपय मानिसले आफ्नो सामथ्र्यको पहिचान गर्छ ।

यसले जुनसुकै प्रतिस्पर्धालाई पनि सामना गर्न सिकाउँछ । तर रिसले मानसिक, भावनात्मक समस्या मात्र नभई शारीरिक समस्या पनि निम्त्याउँछ । टाउको दुख्ने, रक्तचाप, मुटुरोग, ग्यास्ट्रिक, कब्जियत, अपचजस्ता शारीरिक समस्या रिसको कारणले नै उत्पन्न हुन्छ ।

तसर्थ रिसलाई नियन्त्रणमा ल्याउन अर्थात व्यवस्थापन गर्न मलाई रिस उठेको छ भन्ने थाहा पाउन जरुरी छ । वास्तवमा मान्छेले चरम रिसको अवस्थामा होससमेत गुमाएको हुन्छ । जसले गर्दा नराम्रो घटना भएको पनि पत्तो पाउँदैनन् ।

होसमा मान्छेले नराम्रो कार्य गर्न सक्दैन । जब रिस उठ्छ सो समयमा चार–पाँचपटक गहिरो लामो श्वास लिने र छाड्ने बानी गुर्नपर्छ । यस्तो बानीको विकास गर्नाले रिस कम हुन्छ । रिस उठ्नासाथ तुरुन्त मनलाई अन्ततिर लान कोसिस गर्नुपर्छ ।

साथै, सो परिवेशबाट उम्कने कोसिस गर्नपर्छ । योग, ध्यान, प्राणायामलाई आफ्नो दैनिकीमा जोड्नु आवश्यक छ । साथै, मनोपरामर्शदातासँग परामर्श गर्न पनि राम्रो हुन्छ ।