सामुदायिक बनका अध्यक्ष र सचिव जडीबुटीसहित पक्राउ

Newslaya Home

सामुदायिक बनका अध्यक्ष र सचिव जडीबुटीसहित पक्राउ

शुक्रबार ०६, मङि्सर २०७६

बाजुरा । गैरकानूनी रुपमा जडीबुटी संकलन गरिरहेको अवस्थामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हिमाली गाउपालिका–१ बामु देबीडाडा सामुदायिक बनका अध्यक्ष राजबहादुर भण्डारी र सचिव बियलाल रोकाया रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार गैरकानूनी रुपमा जडीबुटी संकलन भईरहेको गोप्य सुचनाका आधारमा प्रहरी चौकी विच्छायाबाट खटीयको प्रहरी टोलीले अन्दाजी एक क्युन्टल कटुकी सहीत दुई जना बन उपभोक्त समितिका पदाधिकारीलाई पक्राउ गरेको हो ।

अबैधरुपमा संकलित जडीबुटी बन उपभोक्ता समितिका उपाध्यक्ष गोर्ख भण्डारीको जिम्मा दिएर पक्राउ परेको दुबै जनालाई जिल्ला सदरमुकाम ल्याईदै गरेको भाटले बताए । जिल्ला सदरमुकाम ल्याएर अनुसन्धान थालिने र कानून बिपरित संकलन गरिएको पाईएमा बन एैन अनुसार कार्बाही गरिने प्रहरी प्रमुख भाटले बताएको छ ।