५० जनालाई ठगी गरेर मोरङकी एक महिला बेपत्ता

Newslaya Home

५० जनालाई ठगी गरेर मोरङकी एक महिला बेपत्ता

बुधबार ०४, मङि्सर २०७६

मोरङ । माल्दिभ्समा आकर्षक कमाई हुने भन्दै मोरङ सुन्दरहरैंचाकी एक महिलाले ५० लाख रुपैयाँभन्दा बढी ठगी गरेको खुलासा भएको छ ।

विराटनगरस्थित श्रम तथा रोजगार कार्यालयमा ठगी प्रकरणका पीडितहरुले उजुरी दिएपछि कार्यालयले कारबाही प्रक्रिया अघि बढाएको कार्यालय प्रमुख एवं वरिष्ठ श्रम अधिकृत प्रेम सञ्जेलले जानकारी दिए ।

अधिकृत सञ्जेलका अनुसार मोरङको सुन्दरहरैंचा नगरपालिका र बेलबारी नगरपालिकामा बस्दै आएकी ३३ वर्षीया लक्ष्मी दाहाल ५० जना युवासँग रकम उठाएर बेपत्ता भएकी छन् ।

पीडितहरुले कार्तिक तेश्रो साताबाट दाहाल सम्पर्कविहीन भएपछि आफूहरु ठगिएको बुझेका थिए । रकम ठगी गर्दै विदेश जान सक्ने भएकाले पीडितहरुले पासपोर्ट नम्बर ०८६२४३९५ सहित दाहाललाई विमानस्थल रोक्काको मागसहित उजुरी दिएका थिए ।

अधिकृत सञ्जेलले सो नाम र पासपोर्टलाई विदेश जान नपाउने गरी रोक्का गरिएको बताए । पीडितहरु झापा, मोरङ, सुनसरी लगायतका छन् ।

पीडितहरुका अनुसार रकम ठगी गर्ने महिलाका श्रीमान् रुपेश विडारीले पनि लगभग दुई सातादेखि दाहाल पारिवारिक सम्पर्कमा नरहेको जानकारी दिएका छन् ।