दुहबीका वडाध्यक्षको सरकारी मोटरसाइकल चोरी

Newslaya Home

दुहबीका वडाध्यक्षको सरकारी मोटरसाइकल चोरी

मङ्गलबार ०३, मङि्सर २०७६

सुुनसरी । सुनसरीको दुहबी ३ का वडाध्यक्ष माधब भण्डारीको मोटरसाइकल चोरी भएको छ । उनले प्रयोग गर्ने सरकारी नम्बर प्लेटको मोटरसाइकल उनकै घरबाट सोमबार राती चोरी भएको हो । को १ ब १४०३ नम्बर प्लेटको सरकारी मोटरसाइकलको लक तोडेर चोरी भएको वडाध्यक्ष भण्डारीले बताए ।

चोरीबारे उनले प्रहरीमा उजुरी दिएका छन् ।