मुख्यमन्त्री राईले गरे भोजपुर अस्पतालको अनुगमन

Newslaya Home

मुख्यमन्त्री राईले गरे भोजपुर अस्पतालको अनुगमन

मङ्गलबार ०३, मङि्सर २०७६

भोजपुर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले जिल्ला अस्पताल भोजपुरको अनुगमन गरेका छन् ।

मुख्यमन्त्री राईले अनुगमनपश्चात् जिल्ला अस्पतालमा चिकित्सकका कारण बन्द रहेको शल्यक्रियाबाट गरिने प्रसूति सेवा सञ्चालनमा ल्याउन पहल गर्ने बताए ।

अस्पतालमा विभिन्न मेशिन तथा उपकरण एवं दरबन्दी अनुसारका कर्मचारी नभएको कारण स्वास्थ्य सेवा दिन समस्या रहेको डाक्टरहरुले बताएपछि त्यसका लागि पहल गर्ने उनले बताए ।

जिल्ला अस्पतालका डाक्टर पवित्रा श्रेष्ठले जिल्ला अस्पतालमा रहेका विभिन्न समस्याबारे मुख्यमन्त्री राईलाई जानकारी गराएकी थिइन् ।

मुख्यमन्त्रीले अनुगमन गरेपश्चात् अस्पतालको बन्द रहेको शल्यक्रियाबाट गरिने प्रसूति सेवा सञ्चालनमा आउनेमा आफू आशावादी रहेको अस्पताल विकास समितिका अध्यक्ष एवं जिल्ला समन्वय समितिका सभापति लक्ष्मण खड्काले बताए ।