बैंकको छतबाट खसेर एक कर्मचारीको मृत्यु

Newslaya Home

बैंकको छतबाट खसेर एक कर्मचारीको मृत्यु

मङ्गलबार ०३, मङि्सर २०७६

धनगढी । कैलालीको लम्कीचुहा नगरपालिका–१ मा रहेको राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालयको छतबाट खसेर एक कर्मचचारीको मृत्यु भएको छ ।

सोमबार राति बैंक कार्यालय सहयोगी दार्चुला घर भएका ४८ वर्षीय दयाकृष्ण पन्तको छतबाट खसेर मृत्यु भएको हो ।

आफ्ना दुई गार्ड साथीहरूसँग तल्लो कोठामा मादक पदार्थ सेवन गरेर माथिल्लो तला जाने क्रममा भर्याङको रेलिङ सकेपछि उनी बाहिर पट्टीबाट खसेका थिए । छाती, टाउको लगायत शरीरका विभिन्न भागमा चोटपटक लागेका पन्तको टीकापुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनको शव बुझ्नका लागि दार्चुलादेखि परिवार आउँदै गरेको र घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय कैलालीले जनाएको छ।