मालीमा सरकारी सैनिक र विद्रोही बीच झडप, ४१ जना मारिए

Newslaya Home

मालीमा सरकारी सैनिक र विद्रोही बीच झडप, ४१ जना मारिए

मङ्गलबार ०३, मङि्सर २०७६

एजेन्सी । अफ्रिकी मुलुक मालीमा सरकारी सैनिक र विद्रोही लद्धाकूबीच झडप भएको छ ।

सोमबार ताबान्कोर्ट भन्ने ठाउँमा ‘आतङ्कवादी’लाई कारबाही गरिएको सरकारी सेनाले सामाजिक सञ्जालमार्फत जानकारी दिएको हो ।

मालीको पूर्वी क्षेत्रमा भएको सैनिक र विद्रोही लद्धाकूबीचको झडपमा २४ जना सरकारी सैनिक र १७ जना मुस्लिम अतिवादी जिहादी समूहका लडाकू मारिएको जनाइएको छ । मालीमा शान्ति स्थापनाका लागि छिमकी केही मुलुकहरु र संयुक्त राष्ट्रसंघका शान्ति सेनाहरु पनि परिचालन गरि लामो समयदेखि विद्रोही विभिन्न लडाकू समूहसँग संघर्ष गर्दै आइरहेको छ ।

घटनामा सैनिक पक्षको २४ जनाको मृत्यु भएको र अन्य २९ जना घाइते भएको सेनाका एक अधिकारीले बताए । उनका अनुसार जिहादी समूहका भने कम्तीमा १७ जना मारिनुका साथै सयौँलाई नाइजर सेनाको नियन्त्रणमा लिइएको छ ।