विकिपीडिया सञ्चालकले खोलेको नयाँ सामाजिक सञ्जालमा हजारौँ प्रयोगकर्ता

Newslaya Home

विकिपीडिया सञ्चालकले खोलेको नयाँ सामाजिक सञ्जालमा हजारौँ प्रयोगकर्ता

मङ्गलबार ०३, मङि्सर २०७६

काठमाण्डौ । विकिपीडियाका संस्थापकले आफ्नो नयाँ समाजिक सञ्जाल डब्ल्यूटीःसोशल WT;social मा अहिलेसम्म लाखौँ सदस्य भएको बताएका छन् ।

सो सामाजिक सञ्जालले कहिल्यै आफ्ना प्रयोगकर्तासँग सम्बन्धित तथ्याङ्क नबेच्ने र विज्ञापनबाट नभई व्यक्तिगत चन्दादाताको उदारतामा भर पर्ने संस्थापक जिमी वेल्सले बताएका छन् ।

अहिलेलाई उक्त सञ्जालमा सहभागी हुन चाहनेहरूलाई प्रतीक्षाको सूचीमा राखेर अन्यलाई निम्तो पठाउन आग्रह गर्ने वा चन्दा दिएर चलाउन पाउने व्यवस्था गरिएको छ।

डब्ल्यूटीःसोशलले आफू समाचारमा केन्द्रित हुने र अनर्थक शीर्षक प्रयोगकर्ताहरूले नै सच्याउन सक्ने व्यवस्था गर्ने बताएको छ। यसको टाइमलाइनमा आफ्नो सञ्जालमा रहेका अन्य प्रयोगकर्ताले शेअर गरेका नयाँ समाचार सामग्री पहिला देखिनेछ।

हाललाई यसको प्रयोगकर्ताहरूले मासिक १३ अमेरिकी डलर तिरेर यसका सबै सुविधा प्रयोग गर्न सक्छन्। उसले खराब प्रयोगकर्तालाई स्थान नदिने जनाएको छ।