बढ्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य ४ सयले बढेको छ। मंगलबार सुन तोलामा ४ सयले बढेर ७२ हजार रुपैयाँ कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ। तेजावी सुनको मूल्य ७१ हजार ७०० रुपैयाँ कायम गरिएको छ।
यस्तै, चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ । आज चाँदी तोलाको ८६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।