भण्टाबारीको केही भूमि भारतीय नक्सामा

Newslaya Home

भण्टाबारीको केही भूमि भारतीय नक्सामा

मङ्गलबार ०३, मङि्सर २०७६

इनरुवा । सुनसरीको भण्टाबारी नजिकै तीनकुने खण्डको नेपाली राजमार्ग भारतीय भुमिमा देखाईएको छ ।

देश भर सिमाना मिचिएको विवाद सार्वजनिक भइरहँदा गुगल म्यापमा उक्त क्षेत्र समेत भारतीय भुमिमा देखिएको हो ।

गुगल म्यापले तीनकुने खण्डको हनुमान मन्दिर क्षेत्रको पूर्व पश्चिम राजमार्गलाई भारततर्फ देखाएको छ । गुगल म्यापमा हनुमान मन्दिरदेखि ४ सय मिटर पूर्व सडकबाट हरिपुर क्षेत्रको करिब ६५० मिटर सम्मको सडक नै भारततर्फ रहेको देख्न सकिन्छ ।

हाल गुगलका कार्यकारी प्रमुख (सिईओ)मा भारतीय नागरिक तामिलनाडुका सुन्दर पिचाई रहेका छन् । स्थानीयले नेपाली भुभाग तर्फको राजमार्ग भारतीय भुमिमा देखिनु गुगलको कमजोरी हन सक्ने भन्दै छानविनको माग गरेका छन् । सो विषयमा अध्ययन गरि आवश्यक पहल चालिने सुनसरीका सम्वन्धित सरकारी नियकाका पदाधिकारीहरुले बताए ।

1 प्रतिकृयाहरू प्राप्त
  • Subarna Dhoj Shresthaलेख्नुहुन्छ
  • |
  • मङ्गलबार ०३, मङि्सर २०७६
Google is supposed to a reputable company but why it is trying to interfare with international boundaries by altkering it to the benefit of India is it because the it's chief is from Indian origin? Or India is giving huge sum of money to the Google to do so?