‘जोकर’ बन्यो एक अर्ब डलर कमाउने पहिलो ‘आर’ श्रेणीको चलचित्र

Newslaya Home

‘जोकर’ बन्यो एक अर्ब डलर कमाउने पहिलो ‘आर’ श्रेणीको चलचित्र

सोमबार ०२, मङि्सर २०७६

बिबिसि । कमिकमा आधारित जोकर गएको साता संसारभरि एक अर्ब अमेरिकी डलरभन्दा बढी कमाउने पहिलो ‘आर’ श्रेणीको चलचित्र बनेको छ ।

अमेरिकामा ‘आर’ श्रेणी वर्गीकरण भनेको १७ वर्षभन्दा कम उमेरका व्यक्तिले वयस्कसँग बसेर मात्रै हेर्न पाउने चलचित्र हो ।

गएको साता कमाइको आधारमा जोकर अमेरिकामा सातौँ नम्बरमा रहेको छ । ३१ करोड डलर कमाएको फोर्ड भर्सेस फरारी भने पहिलो नम्बरमा रहेको छ ।

यो महिनाको सुरुमा जोकर कमिकका आधारित चलचित्रमध्ये सबैभन्दा बढी कमाउने चलचित्र बनेको थियो ।

जोकर चलचित्र चीनमा प्रदर्शन गरिएको छैन । चीनमा यौन वा हिंसा बढी भएका चलचित्रहरूको प्रदर्शनमा रोक लगाइने गरेको छ ।

यसभन्दा अगाडि सबैभन्दा बढी कमाउने ‘आर’ श्रेणीमा चलचित्र सन् २०१८ डेडपुल–दुई रहेको थियो । उक्त चलचित्रले ७८ करोड ५० लाख डलर कमाएको थियो ।

बक्स अफिस गुरुका संस्थापक सम्पादक गीतेश पान्ड्याले जोकरको उपलब्धिलाई आश्चर्यचकित बनाउने खालको भनेका छन् ।

जोकरका निर्देशक टोड फिलिप्सले सो चलचित्र छ करोड २५ लाख डलरमा निर्माण गरेका थिए ।

सो चलचित्रले ओस्कार पुरस्कार जित्ने अनुमान पनि गरिएको छ । तर चलचित्रमा भएको मानसिक स्वास्थ्यको विषयलाई लिएर यसको आलोचना गर्नेहरू पनि छन् ।