निर्देशनमा प्रियंका कार्कीको डेब्यू

Newslaya Home

निर्देशनमा प्रियंका कार्कीको डेब्यू

सोमबार ०२, मङि्सर २०७६

काठमाडौं । अभिनेत्री प्रियंका कार्कीले म्युजिक भिडियो मार्फत निर्देशनमा डेब्यु गरेकी छिन् । उनको निर्देशन रहेको पहिलो म्युजिक भिडियो ‘मेरै लाहुरेले’ सार्वजनिक भएको छ ।

बालगायिका आयुष्का खनियाँको स्वर रहेको गीतको भिडियोमा अभिनेत्री कार्की र अभिनेता आयुष्मान देशराज जोशीको रोमान्स देख्न सकिन्छ । अभिनयको अलवा अब आफुले निर्देशनको पाटोलाई पनि सँगसँगै लैजाने कार्कीले बताइन् ।

लेखु सहयात्रीको शब्द रहेको गीतमा दीपक शर्माको संगीत छ । गीतमा नरेन्द्र बियोगीले संगीत संयोजन गरेका छन् ।

काठमाडौँको पार्क भिलेज रिसोर्टमा छायाँकन गरिएको भिडियोलाई सुदिप बरालले छायांकान गरेका हुन् । शुभ मिडियाले निर्माण गरेको भिडियोलाई सन्देश शाहले सम्पादक गरेका हुन् ।