रामधुनी वडा नं ५ को वडा कार्यालय भवन उदघाटन

Newslaya Home

रामधुनी वडा नं ५ को वडा कार्यालय भवन उदघाटन

सोमबार ०२, मङि्सर २०७६

सुनसरी । सोमबार सुनसरीको रामधुनी नगरपालिका–५ को वडा कार्यालय भवनको उदघाटन गरीएको छ । भवनको उदघाटन जग्गादाता धरान–१२ का बिरेन्द्र मास्केको प्रमुख आतिथीमा गरिएको हो ।

उक्त कार्यक्रममा जग्गा दाता बिरेन्द्र मास्के र स्वास्थ्य चौकीकोलागि जग्गा दिने ऋषि घिमिरेलाई सम्मान समेत गरिएको थियो ।

मास्केले वडा कार्यालय स्थापनाका लागि दुई कठा जग्गा र घिमिरेले आधारभूत स्वास्थ्य कार्यालय स्थापनाका लागि साढे ३१ धुर जग्गा दान गरेका हुन् ।

निर्माण समितिका अध्यक्ष खगेन्द्र अधिकारीका अनुसार नगरपालिका कार्यालयको २५ लाख र वडा कार्यालयको २० लाख गरी ४५ लाख रुपैयाँ लागतमा भवन निर्माण गरिएको हो । उनले थप २२ लाख रुपैयाँमा कार्यालयको कम्पाउण्ड बाल, गेट, शौचालय र अन्य काम निर्माणाधिन अबस्थामा रहेको बताए ।

कार्यक्रममा वडा अध्यक्ष डेगराज फुयालले जग्गादाताहरुले कार्यालयलाई निःशुल्क जग्गा दान गरेकोमा धन्यबाद ज्ञापन गरे ।