पाथिभरा जव लिंकको कार्यालय धरानमा पनि

Newslaya Home

पाथिभरा जव लिंकको कार्यालय धरानमा पनि

सोमबार ०२, मङि्सर २०७६

धरान । पाथिभरा जब लिंक प्रालिले धरानमा पनि आफ्नो सम्पर्क कार्यालय स्थापना गरेको छ । सोमबार धरानमा एक कार्यक्रमका बीच जब लिंकले कार्यालयको सुभारम्भ गरेको हो ।

इटहरीमा मुख्य कार्यालय रहेको प्रालि सेवा बिस्तार गर्ने क्रममा धरानमा कार्यालय स्थापना गरेको प्रालिका प्रबन्ध निर्देशक एवम अध्यक्ष पवन अधिकारीले जानकारी दिए ।

कार्याक्रममा नेपाल पत्रकार महासंघ सुनसरीका नि वर्तमान अध्यक्ष केशब घिमिरे र महासंघका उपाध्यक्ष शन्तोष काफलेको पनि उपस्थिति थियो । उक्त कार्याक्रममा जव लिंकका धरान प्रमुख प्रकाश लकान्द्रिले धरानमा जब लिंक खोलिए संगै बेरोजगारी समस्या समाधान हुने बताए ।

जव लिंकले कर्मचारीलाई रोजगार प्रदान गरेपछि ५ लाखको निःशुल्क दुर्घटना बिमा समेत गरिदिने गरेको कारण पनि पछिल्लो समयमा यस प्रति क्रेज बढदै गएको देखिन्छ । इटहरीमा मुख्य कार्यालय रहेपनि यहाबाट प्रदेश नम्बर १ का सुनसरी, मोरगं, झापा, इलाम, भोजपुर, धनकुटा, संखुवाभसालगायत २ नम्बर प्रदेशको जनकपुरसम्म पनि आफनो सेवा प्रदान गर्दे आएको जनाएको छ ।