पीएसएलको ड्राफ्टमा ८ नेपाली क्रिकेटरको स्थान पक्का

Newslaya Home

पीएसएलको ड्राफ्टमा ८ नेपाली क्रिकेटरको स्थान पक्का

सोमबार ०२, मङि्सर २०७६

काठमाडौं । पाकिस्तान सुपर लिग अर्थात पीएसएल टी–ट्वान्टी क्रिकेट ड्राफ्टमा नेपालबाट पारस खड्कासहित राष्ट्रिय टिमका ८ खेलाडीले स्थान बनाएका छन् ।

पीएसएल आयोजकले सोमबार सार्वजनिक गरेको ड्राफ्टमा निवर्तमान कप्तान पारस खड्कासहित ८ खेलाडी समावेश भएका हुन् ।
आगामी डिसेम्बर ६ र ७ मा हुने पीएसएलको ड्राफ्टमा पारससँगै आरिफ शेख, विनोद भण्डारी, दीपेन्द्र सिंह ऐरी, रोहितकुमार पौडेल, शरद भेषावकर र सोमपाल कामी पर्न सफल भएका छन् ।

पारस शरद, सोमपाल, दीपेन्द्र र रोहितकुमारले व्यक्तिगत रुपमा नाम पठाएका थिए भने आरिफ र विनोदको नाम नेपाल क्रिकेट संघ (क्यान)ले पठाएको थियो । नेपाली युवा स्पीनर सन्दीप लामिछाने यसअघि नै ड्राफ्टको प्लाटिनम क्याटगेरीमा परेका हुन् ।

अन्य खेलाडीलाई ५ क्याटगारीमा राखिएको छ । प्लाटिनम क्याटगेरीमा पर्ने खेलाडीले १ लाख ४७ हजार देखि २ लाख १८ हजार अमेरिकन डलरसम्म पाउन सक्नेछन् । त्यस्तै सिल्भर क्याटगेरीमा पर्नेले १५ देखि ३५ हजार अमेरिकी डलर पाउने भएको हो ।