घट्यो सुनको मूल्य

Newslaya Home

घट्यो सुनको मूल्य

सोमबार ०२, मङि्सर २०७६

काठमाडौं । सुनको मूल्य आइतबारको तुलनामा सोमबार प्रतितोला २ सय रुपैयाँले घटेको छ ।

आज छापावाल सुन प्रतितोला ७१ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। त्यस्तै तेजाबी सुन प्रतितोला ७१ हजार ३ सय रुपैयाँ तोकिएको छ महासंघका अनुसार सोमबार चाँदीको मूल्य प्रतितोला ८ सय ५० रुपैयाँ कायम भएको छ।