रोनाल्डोको गोलसँगै पोर्चुगल युरोकपमा छनौट

Newslaya Home

रोनाल्डोको गोलसँगै पोर्चुगल युरोकपमा छनौट

सोमबार ०२, मङि्सर २०७६

काठमाडौं । पोर्चुगल ‘युरोकप २०२०’ का लागि छनौट भएको छ । लग्जेम्बर्गलाई २–० ले पराजित गर्दै पोर्चुगल ‘युरोकप २०२०’ का लागि छनौट भएको हो ।

आइतबार राती समूह ‘बि’ अन्तरगत भएको खेलमा पोर्चुगलको जितमा बुरनो फर्नान्डेस र क्रिश्चियानो रोनाल्डोले गोल गरे ।

उनीहरूले ती गोल क्रमशः खेलको ३९ र ८६ औं मिनेटमा गरेका हुन् । पोर्चुगल समूह उपविजेताका रुपमा छनौट भएको हो ।

त्यसैगरी हिजोको खेलबाट राष्ट्रिय टोलीका लागि रोनाल्डोको गोल संख्या ९९ पुगेको छ ।

अब उनी राष्ट्रिय टोलीका लागि सय गोल गर्ने दोश्रो खेलाडी बन्न मात्र १ गोल टाढा छन् । यसका लागि उनले कम्तीमा आउँदो मार्चसम्म कुर्नुपर्नेछ ।

रोनाल्डो विश्वमा राष्ट्रिय टिमबाट सर्वाधिक गोल गर्ने खेलाडी बन्ने दौडमा छन् । हाल यो कीर्तिमान १०९ गोलसहित इरानका अली दाइको नाममा छ ।