टी–१० लिग : पारस आवद्ध अबुधावीको जित

Newslaya Home

टी–१० लिग : पारस आवद्ध अबुधावीको जित

आइतबार ०१, मङि्सर २०७६

काठमाडौं । टी–१० लिग अन्तर्गत आइतबार भएको खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका निवर्तमान कप्तान पारस खड्काको टिम अबुधावीले जित हात पारेको छ । नर्दन वारियर्सलाई पराजित गर्दै टिम अबुधावीले ४ अंक बटुलेको छ ।

टस जितेर पहिलो ब्याटिङ गरेको नर्दनले १ विकेट गुमाएर ९२ रन बनाउँदै अबुधावीलाई ९३ रनको विजयी लक्ष्य दिएको थियो । उक्त लक्ष्य अबुधावीले ९ बल बाँकी हुँदै पुरा गर्यो ।

अन्तिम समयमा ब्याटिङमा आएका पारसले टिमका लागि एक रनको योगदान गरे । अबुधावीका लागि लुका राइटले ४८ रन बनाए भने कप्तान मोइन अलिले ३० रन बनाएका थिए ।

अबुधावीविरुद्ध नर्दनका क्रिस ग्रिनले २ तथा मार्क ड्यालले १ विकेट हात पारे । यसअघि पहिलो ब्याटिङ गरेको नर्दनका लागि आन्द्रे रसेलले ३७ रन बनाएका थिए भने साम विलिम्सले ३५ रन बनाएका थिए ।