नोबेल मेडिकल कलेजसहित तीन मेडिकल कलेजमा सम्पत्ति शुद्धीकरणको छापा

Newslaya Home

नोबेल मेडिकल कलेजसहित तीन मेडिकल कलेजमा सम्पत्ति शुद्धीकरणको छापा

आइतबार ०१, मङि्सर २०७६

काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले विराटनगरस्थित नोबल मेडिकल कलेजसहित तीन वटा मेडिकल कलेजमा छापा मारको छ ।

शिक्षा मन्त्रालय र राष्ट्रिय सतर्कता केन्द्रको प्रतिवेदनअनुसार विभागले मेडिकल कलेज तथा त्यसका सञ्चालकको सम्पत्ति छानविन थालेको छ । त्यसक्रममा आइतबार नोबल मेडिकल कलेज, नेशनल मेडिकल कलेज वीरगञ्ज र चितवन मेडिकल कलेज, चितवनमा छापा मारिएको स्रोतले जनाएको छ ।

मेडिकल कलेजमा सरकारले तोकेभन्दा बढी शुल्क लिएको भन्दै विद्यार्थीहरु आन्दोलनमा छन् । सरकारले पनि अतिरिक्त शुल्क फिर्ता वा मिलान गर्न पटक पटक निर्देशन दिएको छ । तर मेडिकल कलेजहरुले उल्टै सरकारलाई तालाचाबी बुझाउने धम्की दिएपछि सरकारले ठगीमा मुद्दा चलाउने तयारीसमेत गरेको छ ।