प्रधानमन्त्री ओली : ‘नेपाली भूमिबाट विदेशी सेना फिर्ता गराउँछौँ’

Newslaya Home

प्रधानमन्त्री ओली : ‘नेपाली भूमिबाट विदेशी सेना फिर्ता गराउँछौँ’

आइतबार ०१, मङि्सर २०७६

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली भूमि कालापानीबाट भारतीय सेना हटाउने र नेपाली भूमि फिर्ता ल्याउने बताएका छन् ।

नेकपाको भातृसंगठन राष्ट्रिय युवा संघको प्रशिक्षण कार्यक्रमलाई आइतबार सम्बोधन गर्दै उनले कालापानी, लिपुलेक, लिम्पियाधुराबाट भारतीय सेना फिर्ता लैजान भारतलाई आग्रह गरे । कतिपयले नक्सा सच्चाउन भनेको भन्दै प्रधानमन्त्री ओलीले नेपालको नक्सा सच्याउने मात्रै नभई अतिक्रमित भूमि फिर्ता ल्याउने बताए ।

‘अहिलेको सरकार संवाद गर्न नसक्ने होइन । इतिहासले देखाइसकेको छ । सरकारले संवादको माध्यमबाट सीमा समस्या समाधान गर्छ । कतिपयले नक्सा सच्याउन भनेका छन् तर त्यो समाधान होइन,’ प्रधानमन्त्री ओलीले भने, ‘भूमि फिर्ता लिने कुरा हो । नक्सा त प्रेसमा छापे भइहाल्यो, हामी भूमि फिर्ता लिन्छौं ।’

उनले नेपालको जमिनबाट भारतिय सेना फिर्ता लैजान भन्दै नेपाली भूमिमा सेना राख्ने पनि बताएका छन् ।