वराहक्षेत्रमा एक युवतिको शव फेला

Newslaya Home

वराहक्षेत्रमा एक युवतिको शव फेला

आइतबार ०१, मङि्सर २०७६

वराहक्षेत्र । वराहक्षेत्रमा एक युवतिको शव फेला परेको छ । वराहक्षेत्र नगरपालिका–१ घर भएकी २१ वर्षीया जमुनी परियारको शव उनकै घरभित्र फेला परेको हो ।

प्रहरीले जमुनीले आत्महत्या गरेको बताएको छ । वडाको चतरास्थित गैरीगाउँमा घर भएकी परियारले शुक्रबार आफु सुत्ने कोठामा सलको पासो लगाएर आत्महत्या गरेको ईलाका प्रहरी कार्यलय चतराका प्रहरी नायब निरीक्षक घनश्याम रायले बताए ।

बिहान करिब साढे नौ बजे सूचना पाएर गएको प्रहरीले लाशको मुचुल्का तयार पारेको थियो । मृतकले आत्महत्या गर्नुको कारण भने खुल्न सकेको छैन ।